राजनीति


धरान घटनामा कांग्रेसले भन्यो–धार्मिक सद्भाव भड्काउने गतिविधि जनताको हितमा छैन

धरान घटनामा कांग्रेसले भन्यो–धार्मिक सद्भाव भड्काउने गतिविधि जनताको हितमा छैन

नेपालखबर
भदौ ९, २०८० शनिबार १७:२२, काठमाडौँ

सत्तासाझेदार दल नेपाली कांग्रेसले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि जनताको हितमा नरहेको बताएको छ।

धरानमा जातीय र धार्मिक विवाद बढ्दै गएपछि उत्पन्न घटनाक्रमबारे शनिबार एक अपिल सार्वजनिक गर्दै पार्टी सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउने काम राम्रो नभएको बताए। 

‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुयाई आ(आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ सभापति देउवाले जारी गरेको अपिलमा भनिएको छ, ‘साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउन पनि उचित हुँदैन।’

साथै, समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भावको काममा जुट्नसमेत कांग्रेसले आग्रह  गरेको छ।

‘यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ(संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ अपिलमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .