ad ad

राजनीति


कर्णाली प्रदेशको बजेट खर्च : चार महिनामा ४ प्रतिशत मात्रै

कर्णाली प्रदेशको बजेट खर्च : चार महिनामा ४ प्रतिशत मात्रै

दिनेश बुढा
मंसिर ८, २०८० शुक्रबार १२:१६, सुर्खेत

कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वय निराशाजनक देखिएको छ। कर्णाली सरकारले चालू आर्थिक वर्षको ४ महिनामा ४ प्रतिशत मात्रै बजेट कार्यान्वय गरेको हो। 

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो। 

कर्णाली सरकारले कात्तिक मसान्तसम्ममा विनियोजित कुल बजेटको चालू र पूँजीगत गरि जम्मा ७.११ प्रतिशत अर्थात् दुई अर्ब ३७ करोड ३३ लाख ८९ हजार ३५७ रुपैयाँ १५ पैसा खर्च गरेको छ। 

जसको चालूतर्फ ११.११ प्रतिशत र पूँजीगततर्फ ४.२९ प्रतिशत बजेट सरकारले खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्षमा कर्णाली सरकारले पुँजीगतर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार बराबरको वार्षिक बजेट छ। पूँजीगततर्फ ४.२९ प्रतिशत अर्थात् ८४ करोड २ लाख ९३ हजारमात्रै खर्च भएको छ। 

लेखा नियन्त्रक कार्यालयका अनुसार अब प्रदेश सरकारको खातामा ३१ अर्ब ६३ लाख १७ हजार ६२४ रकम मौज्दात रहेको छ। 

कुन मन्त्रालयले कति खर्च गरे? 

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्तिक मसान्तसम्ममा पूँजीगत बजेट ०.१४ प्रतिशत र चालुतर्फ ८.७४ प्रतिशत बजेट कार्यान्वय गरेको छ। 

यस्तै अर्थ मन्त्रालयले ६.६५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ भने कानुन मन्त्रालयले ३.१६ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३.३४ प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

उर्जा तथा जलस्रोत मन्त्रालयले ३.१४ प्रतिशत, सामाजिक विकास मन्त्रालयले १०.३१ प्रतिशत बजेट कार्यान्वयन गरेको छ। 

यस्तै, पूँजीगत बजेटतर्फ भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले चार महिनाको अवधिमा यो मन्त्रालयले जम्मा १.११ अर्थात् ६६ लाख ४३ लाख बजेट खर्च गरेको छ।

विकास बजेट सबैभन्दा बढी रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, जलस्रोत तथा ऊर्जा र सामाजिक विकास मन्त्रालयको बजेट कार्यान्वयनको अवस्था पनि निराशाजनक देखिएको छ। जसमा भौतिक मन्त्रालयले ४.०३ प्रतिशत अर्थात् २८ करोड ५५ लाख ३१ हजार ५७१ रुपैयाँ बजेट कार्यान्वयन गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .