ad ad

राजनीति


प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा ओलीलाई प्रचण्डको ‘ब्रिफिङ’ (तस्बिर)

प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा ओलीलाई प्रचण्डको ‘ब्रिफिङ’ (तस्बिर)

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १५:४७, काठमाडौँ

०७२ को महाभूकम्पपछिको भत्काउने भनिएको भवनमा ‘रेट्रो फिटिङ’ पछि सञ्चालनमा आएको एक सातापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंसिर ६ गते सो भवनको उद्घाटन गरेका थिए। क्षति भएको संरचनालाई ‘रेट्रो फिटिङ’ गरेर पुरानै अवस्थामा फर्काएपछि ओली त्यहाँ पहिलोपटक पुगेका हुन्। 

ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाए। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा प्रसन्न हुँदै प्रचण्डले ओलीलाई प्रधानमन्त्री कार्यालय घुमाएको देखिन्छ। 

सिंदरबारमा दुई नेताबीचको छलफल सुरु हुनुअघि प्रचण्डले ओलीलाई भवनको अवलोकन गराएका थिए।

सहरी विकास मन्त्रालयका अुनसार यो भवन पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको  थियो। 

सिंहदरबारको उत्तर, दक्षिण र पूर्व खण्ड विसं २०३० मा आगलागीबाट क्षति हुँदापनि पश्चिम मोहडा जोगाइएको थियो। तर भूकम्पले उक्त भागलाई बढी क्षति पुर्‍यायो।

ऐतिहासिक भवनमा बुट्टाहरू धेरै भएकाले जस्तातस्तै बनाउन समय लाग्यो। भवनमा चुना, सुर्की, इट्टा, सालका काठबाट प्रवलीकरण गरिएको हो। 

०७२ सालको भूकम्पले प्रधानमन्त्री कार्यालयको उत्तर, दक्षिण र पूर्व खण्ड  कम क्षति भएको थियो।  त्यसको पुनःनिर्माण २०७७ फागुनमै उद्घाटन गरी प्रधानमन्त्री कार्यालय सञ्चालनमा ल्याइएको थियो। 

हालसम्म यस योजनाका लागि कुल लागत ५१ करोड रुपैयाँ रहेको छ। लिफ्ट राख्ने, सरसफाईका काम बाँकी भएकाले केही बढ्न सक्ने आयोजनाले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .