ad ad

राजनीति


गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि अस्वस्थ

गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि अस्वस्थ

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार ६:३०, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी परेका छन्। 

छातीमा असहज महसुस भएपछि गएराति साढे ११ बजे उनलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

हाल सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। उनकाे स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा.अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनुभएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ,’ मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो।

हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .