नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेको बताएका छन्।
एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले नारी दिवसले त्यसमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
अन्तर्राष्ट्रिय नारी दिवस मनाइ रहँदा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि शोषण, दमन र उत्पीडनबाट महिलाहरु आक्रान्त रहेको देउवाले बताएका छन्।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको चर्चा गर्दै सभापति देउवाले उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन्।
आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गर्दै सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना दिएका छन्। रासस
Shares
प्रतिक्रिया