राजनीति


चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

नेपालखबर
चैत ६, २०८० मंगलबार १४:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका हुन्। उनले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा रहेको जानकारी दिए।

उनले भने, ‘चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा छ। चुरे–तराई मधेस क्षेत्रको संरक्षणमार्फत तराई मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चरेको माथिल्लो तटिय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको छ। चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खनन्लाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ।’

उनले चुरे–तराई/मधेस क्षेत्रको संरक्षणमार्फत तराई/मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चुरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको पनि बताए। उनले चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खनन्लाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमती प्रदान भइसकेको जानकारी दिए।

प्रधानमन्त्री दाहालले चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जन भइ स्वीकृतिको प्रक्रियामा रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .