राजनीति


महराबारे गृहमन्त्रीको प्रष्टीकरण : राज्यसँग करुणा भएन भने अन्याय हुन्छ

महराबारे गृहमन्त्रीको प्रष्टीकरण : राज्यसँग करुणा भएन भने अन्याय हुन्छ

नेपालखबर
चैत १०, २०८० शनिबार १८:१७, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्नुलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन्। 

रास्वपा सभापति समेत रहेका लामिछानेले शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अदालतले पनि बिरामी भएको कुरा इंगित गरेको बताउँदै राज्यसँग करुणा भएन भने अन्याय हुने तर्क पेस गरे। 

‘कृष्णबहादुर महराका सन्दर्भमा कतिपय कुराहरू आइरहेको छ। ८÷१० वटा औषधि सेवन गरिरहनुभएको छ। अत्यन्तै धेरै बिरामी हुनुहुन्छ। सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इंगित गरेको छु। कतिपयले समायो छाड्यो भनेर तुरुन्तै निराशा दिनुभएको छ,’ लामिछानेले भने। 

अलिकति समय लाग्ने बताउँदै उनले हतार हतार प्रतिशोध साँध्दै मान्छे समाउने र पछुताउनेमा आफू नरहेको बताए। 

‘राज्य निर्मम हुन्छ, कठोर पनि हुन्छ। तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ। अत्यन्तै धेरै बिरामी भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडिएको कुरालाई अतिरन्जित गर्नुपर्दैन,’ गृहमन्त्री लामिछानेले भने। 

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले दिएको ४ दिन हिरासतमा राख्न दिएको समयमा महरा अस्पताल बसेका थिए। 

उनलाई अस्पतालबाटै अदालत उपस्थिति गराएर हाजिरी जमानीमा छाडिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .