ad ad

राजनीति


इलाम २ का लागि रास्वपाबाट ६ जना प्रारम्भिक उम्मेदवारको सूची

इलाम २ का लागि रास्वपाबाट ६ जना प्रारम्भिक उम्मेदवारको सूची

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १९:५२, काठमाडौँ

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमा भाग लिने उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्राइमरी इलेक्सनका लागि उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।

यो सूचीमा नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेका मिलन लिम्बू पनि अटाएका छन्।

रास्वपाले मिलनलाई सूचीको पाँचौँ नम्बरमा राखेको छ। सूचीमा अटाएका ६ जनाबीच अब रास्वपाले आन्तरिक निर्वाचन गर्नेछ। जसलाई प्राइमरी इलेक्सन भनिएको छ।

उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने छ। रास्वपाले प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्ने समय बिहीबार १ बजेसम्मका लागि तोकेको छ।

नामवाली
१. श्री गोकुल बहादुर राई
२. श्री जमुना शर्मा 
३. श्री महेन्द्र कुमार थापा 
४. श्री मान बहादुर घिमिरे 
५. श्री मिलन लिम्बु 
६. डा. शेषरमण न्यौपाने श्रेष्ठ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .