ad ad

राजनीति


गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध हट्दैन : प्रकाशमान सिंह

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध हट्दैन : प्रकाशमान सिंह

नेपालखबर
चैत २८, २०८० बुधबार १०:२८, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृहमन्त्रीमाथि छानविनको लागि संसदीय समिति नबनेसम्म संसद्‍मा कांग्रेसले अवरोध गरिरहने बताएका छन्। 

बुधबार बिहान काडमाडौँको बुद्धनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेता सिंहले गृहमन्त्री लामिछाने जोडिएको सहकारी घोटाला प्रकरणको संसदीय छानविन हुनुपर्ने पार्टीको बटम लाइन भएको बताए।

प्रधानमन्त्रीले नै सर्वोच्च अदालतले दिने जसरि फैसला सुनाउन थालेको आरोप पनि उनले लगाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई अगाडि राखेर सहकारी प्रकरणमा लामिछनेले कुनै गडबडी नगरेको भनेर आईजीपीलाई भन्न लगाएको दाबी गरे। 

‘सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भने, ‘गृहमन्त्रीले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्न कांग्रेस तयार छ।’
      
बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिबाट सफाइ पाएपछि पदमा फर्किएको उदाहरण दिँदै उनले राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीलाई सुझाव दिए।

‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उहि हाकिम भएर बस्न मिल्छ र?’, सिंहले प्रश्न गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .