नेकपा माओवादी केन्द्रले भदौ पहिलो हप्ता केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ।
एक सातादेखि पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
सो क्रममा उनले केन्द्रीय समिति बैठकको मिति पनि तोक्ने प्रचण्डनिकट एक नेताले जानकारी दिए।
‘केन्द्रीय समितिको बैठक भदौको पहिलो साता अर्थात् १० गतेभित्रसम्म बस्नेगरी मिति घोषणा गर्ने तयारी अध्यक्षज्यूले गर्नुभएको छ’, ती नेताले बिहीबार नेपालखबरसँग भने।
माओवादी स्थायी समिति बैठकमा बोलेका ४२ नेताले पार्टी नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे विभिन्न प्रश्न उठाएका छन्।
पार्टीका उपमहासचिव जनार्दन शर्माले त नेतृत्त्वको आलोचना गर्दै प्रचण्डलाई संरक्षक मात्रै बनाएर पार्टी नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव नै पेश गरेका छन्।
Shares
प्रतिक्रिया