ad ad

राजनीति


पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा एकाबिहानै बम विस्फोट

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा एकाबिहानै बम विस्फोट

नेपालखबर
फागुन २८, २०७६ बुधबार २:५६,

कमिसन मागेको अडियो सार्वजनिक भएपछि हालै सञ्चामन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको घरमा बुधबार बिहानै बम विस्फोट भएको छ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो।

भक्तपुर प्रहरीका अनुसार बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो।

विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखिएको मारुती भ्यानमा क्षति पुगेकाे छ।

साथै बाँस्कोटाका घरवरपरका अन्य घरमा पनि विस्फाेटले क्षति पुर्‍याएकाे स्थानीयले बताएका छन्। 

बम विस्फोट कसले  र किन गरायाे भन्ने अहिलेसम्म केही खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ। 

विस्फोटका बेला बाँस्कोटा भने घरमा थिएनन्। उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्ने गरेका छन्।   

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली अनुसन्धानमा खटिएकाे छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .