राजनीति


संविधान जारी भएको दशक पुग्न लाग्यो, अब गम्भीर समीक्षा गरौं : सिटौला

संविधान जारी भएको दशक पुग्न लाग्यो, अब गम्भीर समीक्षा गरौं : सिटौला

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार ११:५६, काठमाडौँ

राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेकाले  संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताए।

‘संविधान जारी भएको अब एक दशक पुग्नै लाग्यो,’ सिटौलाको भनाइ छ, ‘संविधान आइसकेपछि पहिलो निर्वाचन सम्पन्न भयो, ५ वर्ष गयो, संविधानको दोस्रो निर्वाचनपछिको दोस्रो कार्यकालमा हामी छौँ। स्थानीय तहले पहिला पाँच वर्ष पूरा गर्‍यो, संघीय संसद, प्रदेशले पाँच वर्ष पूरा गर्‍यो। अब दोस्रो चरणमा स्थानीय तहले झन्डै ५ वर्ष पूरा गर्न लागेको छ। संघीय संसद र प्रदेश पनि दुई वर्ष पुगेका छौँ। हामी आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन गर्‍यौँ।’ 

 उनले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटी भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘संविधानमा कतै त्रुटी छ वा राज्य सञ्चालनमा कतै त्रुटी छ, एक पटक गम्भीतापूर्वक समीक्षा गर्ने बेला भएको छ,’ सिटौलाले भने, ‘संविधान जारी भएपछि यताका वर्षहरुको हामीले गम्भीरतापूर्वक समीक्षा गर्ने बेला भएको छ। परिवर्तनबाट जनताले जे आकंक्षा राखेका थिए, परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि जे दिन्छौँ भनेर संविधानबाट संकल्प गरेका थियौँ, त्यो संकल्प बमोजिम हामीले जनताको पक्षमा काम गर्न सकेका छौँ की छैनौँ। गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ, विचार गर्नुपर्छ, आवश्यकपरे समीक्षाको आधारमा संविधान संशोधन गर्नुपर्छ।’

नेता सिटौलाले स्थानीय तहलेखि संघ सरकारसम्मै राज्य सञ्चारलनका शैलीहरु परिवर्तन गर्न जरुरी रहेको जिकिर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad