सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३३ ठाउँमा आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट सिफारिस भएर आएका नामहरू अनुमोदन गरेको हो।
मंसिर १६ मा जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा गरी विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, बाँकी रहेका ठाउँमा पनि केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्नेछ।
‘केही ठाउँमा निर्णय हुन बाँकी छ। त्यसको अख्तियारी सम्बन्धित प्रदेश कमिटीलाई दिएका छौँ। एक दुई दिनमा निर्णय हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने।
एमाले प्रचार प्रसार विभागले दिएको विवरण अनुसार, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ (वडाध्यक्ष), उदयपुरको त्रियुगा नगरपालिका–१२ (वडाध्यक्ष), ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ (वडाध्यक्ष), सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ (वडाध्यक्ष), धनुषाको धनुषाधाम नगरपालिका–१ (वडाध्यक्ष), दैलेखको महाबु गाउँपालिका (अध्यक्ष) को उम्मेदवार टुंगो लाग्न बाँकी छ।
त्यस्तै, बझाङको सुर्मा गाउँपालिका–१ को वडाध्यक्षमा दुर्गानाथ बोहोरा र लखी चन्द बोहोरामध्ये एकजना उम्मेदवार हुने एमालेले जनाएको छ।
हेर्नुस् सूचीः





Shares

प्रतिक्रिया