राजनीति


ट्रम्पको एउटै आदेशले हजारौंलाई विस्थापित गर्दैछ, नेपालीको के हुने हो टुंगो छैन : प्रचण्ड

ट्रम्पको एउटै आदेशले हजारौंलाई विस्थापित गर्दैछ, नेपालीको के हुने हो टुंगो छैन : प्रचण्ड

नेपालखबर
माघ १४, २०८१ सोमबार १७:३५, तेह्रथुम (लसुने)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्। 

तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताए।

‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी? भन्ने चिन्ता लागेको छ,’ प्रचण्डले भने, ‘म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको aगरेर हामी आफै धनि, आफै आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं। विदेश पठाउन हतार नगरौं।’

अध्यक्ष प्रचण्डले थप्दै भने, ‘विदेसमा पनि टुंग्गो छैन, काहाँ के हुने हो? अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौ प्रवासीलाई विस्थापित गरिदै छ। कतिबेला हजारौ नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुंग्गो छैन। त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो छैन। हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं।’

देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको  र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाई थियो।

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए।

‘तपाईहरुले देख्नुभएको छ, अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहरुमा सहभागी भैराखेको छु,’ प्रचण्डले भने, ‘देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिँडेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad