राजनीति


समाजवादी मोर्चाको निष्कर्ष: राजावादी प्रदर्शनले परिस्थिति जटिल

शनिबार नागरिक समाज, बुद्धिजीवी र पत्रकारसँग छलफल गर्ने
समाजवादी मोर्चाको निष्कर्ष: राजावादी प्रदर्शनले परिस्थिति जटिल

शुक्रबार बिहान आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठक


नेपालखबर
चैत १, २०८१ शुक्रबार १२:५, काठमाडौँ

समाजवादी मोर्चाले राजावादीको प्रदर्शनले राजनीतिक परिस्थिति झन् जटिल बनेको निष्कर्ष निकालेको छ। 

शुक्रबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको १२औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन्।  

बैठकले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय पनि गरेको उनको भनाइ छ। 

समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने निर्णय पनि गरेको छ। यस्तै मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्रिया गर्ने जनाएको छ। 

संसदवादी दल र संसद्‌बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने निर्णय पनि मोर्चाले गरेको छ।

‘राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत्  राजनीतिक पहल लिने निर्णय गरेको छ’, उनले भने। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेता सहभागी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad