ad ad

राजनीति


चिनियाँ राजदूतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिनियाँ राजदूतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखबर
चैत १६, २०७६ आइतबार ९:३५,

नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले कोरोना (कोभिड–१९) रोकथामका लागि नेपाललाई चीन सरकार, ज्याक माँ फाउण्डेसन र अलिबाबा फाउण्डेसनबाट प्रदान गरिएका स्वास्थ्य सामग्रीह? हस्तान्तरण गरेकी छन्।

राजदूत हाउले आइतबार एक कार्यक्रम गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आइतबार बिहान चीनबाट ल्याइएका ती सामानह? हस्तान्तरण गरेकी हुन्।

कोभिड–१९ बाट विश्व नै प्रभावित भएको र एउटा जिम्मेवार मुलुकको ?पमा चीनले यो संकटसँग जुध्नका लागि सहयोग प्रदान गरेको उनले बताइन्।

Hou Dhakal 1

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पहिचान तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर चीनबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार बिहानै काठमाडौं ओर्लिएको थियो।

सो जहाजमैं चिनियाँ धनाढ्य ज्याक माँले नेपाललाई प्रदान गरेका कोरोना महामारीको आपतकालिन रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु पनि ल्याइएको थियो।

नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीका अनुसार ज्याक माँ फाउण्डेसन र अलिबाबा फाउण्डेसनबाट नेपाललाई प्रदान गरिने सामग्रीमध्ये यो पहिलो खेप आइपुगेको हो।

भिडियाे:

याे पनि: 
चिनियाँ धनाढ्य ज्याक माँले प्रदान गरेका सामग्रीको पहिलो खेप ल्याइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .