राजनीति


परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय उच्च प्रतिनिधि फातिमाबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय उच्च प्रतिनिधि फातिमाबीच भेटवार्ता

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १३:५०, काठमाडौँ

एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रका लागि थाइल्याण्डको बैंककमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र राष्ट्रसंघीय उच्च प्रतिनिधि राबाब फातिमाबीच भेटवार्ता भएको छ। 

उनीहरुबीच मंगलबार आयोगको सत्रका अवसरमा भेट भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा अल्पविकसित मुलुकहरू, भूपरिवेष्ठित विकासशील मुलुकहरू तथा साना टापु विकासशील राष्ट्रहरूको लागि राष्ट्रसंघीय उच्च प्रतिनिधि मातिमाले अल्पविकसितबाट नेपाल स्तरउन्नती लगायतका विषयमा छलफल भएको थियो।

परारष्ट्रमन्त्री राणाले एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रको अध्यक्षता समेत गरेकी थिइन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad