राजनीति


महान्यायाधिवक्ता बडाल भन्छन्- अदालतले पत्र सच्याए रेशम छुट्छन्

महान्यायाधिवक्ता बडाल भन्छन्- अदालतले पत्र सच्याए रेशम छुट्छन्

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८२ बुधबार १५:२२, काठमाडौँ

महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरी पक्राउसम्बन्धी पत्र अदालतले सच्याएर पठाएमा छाड्न तयार रहेको बताएका छन्।

उनले अदालतको आदेश कार्यान्वयन गर्नु सरकारको दायित्व भए पनि यस प्रकरणमा औपचारिक संयन्त्रबाट पत्र नगएको भन्ने बुझिएको र उक्त पत्र सच्चिएर आएमा उनी छुट्न सक्ने बताए।

नेपालखबरसँग उनले भने, ‘अदालतको आदेश कार्यान्वयन सरकारको दायित्व हो। आजैको मितिमा पक्राउ गर्नू भन्ने आदेश आयो। कार्यान्वयन पनि भयो। तर अदालतले फर्मल च्यानलबाट भएको छैन भन्यो, अदालतले उक्त पत्र सच्यायो र पत्र पठायो भने हामी उहाँलाई तुरुन्तै रिलिज गर्छौँ। राख्नुपर्ने कुनै कारण छैन।’ 

उनका अनुसार यस खालको पक्राउसम्बन्धी प्रक्रियामा महान्यायाधिवक्ता कार्यालय संलग्न हुँदैन। 

‘कारागार कार्यालयमार्फत आउँछ चिठी या प्रहरीमा जाने हो, जुन च्यानलबाट जाने गरेको हो, त्यही च्यानलबाट गिरफ्तार गरेको हो,’ बडालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad