प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (शनिबार) बिहान संसद् बैठक बस्नुअघि प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।
सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूलाई अहिले बिहान साढे १० बजेका लागि संसद् भवनमा बानेश्वरमा बोलाएका हुन्।
आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने कार्यसूची छ। त्यसअघि सभामुखले तीन दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।
यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।
विपक्षी दल रास्वपाले आजै बिहान ९ बजे संसदीय दलको बैठक राख्ने भएकाले उसको प्रमुख सचेतकसँग भने अलि पछि छलफल गर्ने भएका हुन्।
Shares

प्रतिक्रिया