अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता मिस सुप्रानेसनलमा पहिलोपटक नेपालकी सुन्दरी टप २४ भित्र पर्न सफल भएकी छन्।
गएराति पोल्यान्डमा भएको फिनालेमा नेपालका तर्फबाट सहभागी दीक्षा अवस्थी उत्कृष्ट २४ को सूचीमा पर्न सफल भएकी हुन्।
मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले नेपाल पहिलोपटक यो स्थानमा पुग्दा खुसीको सीमा नै नभएको बताए। उपाधि नजिते पनि यो देशका लागि ऐतिहासिक पल भएको उनले बताए।

मिस सुप्रानेसनल २०२५ को उपाधि भने ब्राजिलकी सुन्दरी एडुआर्डा ब्रुमले जितेकी छन्।
प्रतियोगिताको १६औँ संस्करणमा ६६ देशका सुन्दरी सहभागी भएका थिए।
उपाधि विजेता ब्रुमलाई गत वर्षकी मिस सुप्रानेसनल हर्रास्टा हाइफा जाहराले एडुआर्डालाई ताज पहिरिदिएकी हुन्।
त्यस्तै जर्मनीबाट प्रतिनिधित्व गरेकी अन्ना लाक्रिनीले फस्ट रनरअप घोषित भइन्।
कुराकाओकी क्विशान्टेली लेइटो सेकेन्ड रनरअपको स्थान हासिल गर्न सफल भइन्।
फिलिपिन्सकी ताराह भ्यालेन्सिया थर्ड रनरअप हुँदा प्यूर्टो रिकोकी भ्यालेरी क्लेपाड्लो फोर्थ रनरअप बनिन्।
Shares

प्रतिक्रिया