राजनीति


संसदीय समितिले भन्यो- कुलिङ पिरियडबारे विधेयकको भाषामा कानुन र सामान्य प्रशासनका प्रतिनिधिले षड्‌यन्त्र गरे

संसदीय समितिले भन्यो- कुलिङ पिरियडबारे विधेयकको भाषामा कानुन र सामान्य प्रशासनका प्रतिनिधिले षड्‌यन्त्र गरे

नेपालखबर
असार १८, २०८२ बुधबार १५:२७, काठमाडौँ

प्रतिनिधससभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारेको भाषा लेख्दा दुई षडयन्त्र भएको निष्कर्ष निकालेको छ। 

बुधबार बसेको बैठकको छलफलबारे सुनाउँदै सभापति रामहरि खतिवडाले भने यसबारे उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष पत्र लेख्ने निर्णय भएको बताएका हुन्।  

'अवकाश भएको मितिले २ वर्ष पूरा नभई सरकारी नियुक्ति पाउने छैन भन्ने कुरालाई सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्दा षड्‌यन्त्र भएको दुर्भाग्य देखिएकोले उच्चस्तरीय छानबिन समिति गठन गर्न संघीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो' उनले भने।  

त्यस्तै असार १५ गते सर्वसम्मत पारित भएको उक्त विधेयकमा उपदफा थपेर कुलिङ पिरियडको विषयलाई निष्क्रिय गराउने गरी भाषा लेखिएकोले यसलाई संशोधनसहित कारबाही गर्न राष्ट्रियसभालाई पत्र लेख्ने निर्णय पनि आजको बैठकले गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad