नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ। आइतबार उक्त पार्टीका सांसद गंगाराम चौधरीसहितको टोली सभामुख घिमिरेलाई भेट्न पुगेका थिए।
'सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने व्यहोराको पत्र सभामुखलाई बुझाइयो,' उनले नेपालखबरसँग भने।
नागरिक उन्मुक्तिका तर्फबाट सरकारमा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी छन्। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।
'सभामुखलाई जानकारी भयो। प्रधानमन्त्री हुम्लाबाट फर्किएपछि राज्यमन्त्रीको राजीनामा बुझाउछौँ' उनले भनिन्।
897
Shares

प्रतिक्रिया