नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको लुम्बिनीका महामन्त्रीदेखि खोटाङ जिल्ला सभापतिसम्मलाई निलम्बन र निष्काशन गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको असार ९–१५ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारलाई हराउने भूमिका खेलेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो।
निष्काशित हुनेमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता छन्।
उनीहरूलाई १ वर्षका लागि पार्टीबाट निष्काशन गरिएको हो। त्यस्तै पार्टीका केही नेतालाई ६ महिनाका लागि निलम्बन पनि गरिएको ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
१ वर्षको कारबाहीमा परेकाहरू
१. तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा,
२. कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
३. लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
४. खोटाङ जिल्लाका सभापति विष्णुकमार राई
५. पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता
६ महिनाका लागि कारबाहीमा परेकाहरू
१. धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव
२. धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
३. धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव
४. मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
५. कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ
६. कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह
७. कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर
८. धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी
९. धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह
१०. क्रियाशील सदस्य लेखराज ओझा
११. धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द
१२. धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी
त्यस्तै कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी ३ महिने कारबाहीमा परेका छन्।

Shares

प्रतिक्रिया