समाज


कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ

कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ

नेपालखबर
असार २५, २०८२ बुधबार १७:३०, काठमाडौँ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले शपथ लिएका हुन्।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आजै नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपति अर्याल त्रिभुवन विश्वविद्यालयकै जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। 

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले अर्यालका साथै खड्ग केसी र विनिल अर्यालको नाम पठाएको थियो।

त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो। केशरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि खड्ग केसीलाई कार्यवाहक तोकिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad