राजनीति


रास्वपाको हस्ताक्षर अभियानप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले भने: ओली सरकारलाई नालायक भन्ने?

रास्वपाको हस्ताक्षर अभियानप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले भने: ओली सरकारलाई नालायक भन्ने?

नेपालखबर
असार २९, २०८२ आइतबार १८:३१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गरी भ्रष्ट तत्वहरूले हस्ताक्षर क्याम्पियन चलाएको टिप्पणी गरेका छन्। झापाको बिर्तामोडमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरूले हस्ताक्षर क्याम्पियन चलाएको बताएका हुन्। 

रास्वपाले सहभागी ठगी प्रकरणमा कारागारमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण तरिकाले जेलमा राखिएको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाएको छ। ओलीले उक्त अभियानलाई लिएर आज टिप्पणी गरेका हुन्।  

ओलीले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय पर्‍यो भन्दै हस्ताक्षर गर्ने गरेको आरोप लगाए। अदालतले थुन्ने आदेश दिए पनि एमालेमाथि प्रहार भइरहेको भन्दै उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए। 

'भ्रष्ट तत्वहरू हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन्। सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय पर्‍यो भन्ने?,' ओलीले भने, 'हामीले गरिदिएको हो अन्याय? अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो? मुद्दा लड्न जाऊ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ। मुद्दा लड्न पाइन्छ। अनि जे भए पनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने?'

ओलीले रास्वपाले प्रतिपक्षमा बसेर झुट अफवाह फैलाएको आरोप पनि लगाए।  
उनले थपे, 'यस्तो पनि हुन्छ? यो वास्तवमा भ्रष्ट तत्वहरूका चर्चा हुन्। प्रतिपक्षमा रहेका त्यस्ता भ्रष्ट तत्वहरूले झुट अफवाह फैल्याएका छन्' उनले भने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad