राजनीति


प्रधानमन्त्री मधेस झरेका बेला नारायणकाजी श्रेष्ठले भने: तत्काल राहत प्याकेज घोषणा गरियोस्

प्रधानमन्त्री मधेस झरेका बेला नारायणकाजी श्रेष्ठले भने: तत्काल राहत प्याकेज घोषणा गरियोस्

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १३:२८, काठमाडौँ

पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली मधेसका जिल्ला भ्रमणमा रहेका बेला शुक्रबार उनले सामाजिक सञ्जालमार्फत तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्। 

उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाइँ मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस्।’

यस्तै पूर्वउप्रधानमन्त्री श्रेष्ठले केन्द्र र प्रदेश दुवै सरकारलाई संकटका बेला जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान पनि गरेका छन्।

विपद् संकटग्रस्त मधेसका नागरिकको पीडा सुन्न प्रधानमन्त्री ओली बारा र महोत्तरी भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।

त्यहाँ उनले पुल र भवन उद्घाटन गर्ने कार्यक्रम पनि छ। 

सरकारले केही दिनअघि मात्र मधेस प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मधेस प्रदेशका जिल्लामा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुकेर सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। 

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मधेस प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये हालसम्म ४६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ। मनसुनमा आधारित कृषि प्रणाली भएकाले सुक्खाका कारण उत्पादन घट्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad