राजनीति


प्रदेश २ सरकारले गर्‍यो दोश्रो चरणको राहत प्याकेज घोषणा

प्रदेश २ सरकारले गर्‍यो दोश्रो चरणको राहत प्याकेज घोषणा

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ८:५३,

कोराना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ।

प्रदेश आइतबार बसेको मन्त्रीपरिषद् बैठकले लक्षित परिवारको घरमै सोझै राहत पुर्‍याउने गरि दोस्रो चरणको प्याकेज घोषणा गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तह मार्फत् राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासो आएपछि प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने योजना ल्याएको हो।

स्थानीय तहले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको सूचिको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत् राहत सामग्री खरिद गरी प्याकेट तयार गरेरै सूचिसहित सम्बन्धित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ।

स्थानीय तहले दिएको सूचिमा कुनै समस्या देखिए जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ।

त्यसैगरि मन्त्रीपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गरेको छ। उक्त रकमले कोरोना परीक्षण गर्न थप पीसीआर मेसिन सहितका अन्य उपकरण खरिद गरिने जनाएको छ।

मन्त्रीपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad