राजनीति


आफ्नै आँखामा पट्टी बाँधेर सूर्य छेक्न खोज्ने सरकारको मूर्खतापूर्ण हर्कत: बाबुराम भट्टराई

आफ्नै आँखामा पट्टी बाँधेर सूर्य छेक्न खोज्ने सरकारको मूर्खतापूर्ण हर्कत: बाबुराम भट्टराई

नेपालखबर
भदौ १९, २०८२ बिहिबार २२:६, काठमाडौँ

सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल दर्ता नभएको भन्दै बन्द गराउनु प्रतिगमनकारी कदम भएको टिप्पणी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेका छन्।

अहिले अत्याधुनिक र लोकतान्त्रिक युगमा सामाजिक सञ्जाल नै बन्द गराउनु सूचनाको हक कुण्ठित गर्नु भएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष भट्टराईले सरकारी निर्णयको निन्दा गरेका छन्। 

भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सामाजिक सञ्जाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो। अहिलेको विश्वव्यापीकरण, अत्याधुनिक सूचना-सञ्चार र उन्नत लोकतन्त्रको युगमा अन्य उपयुक्त नियमनकारी कदम सट्टा यस्ता लहडी कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हकलाई कुण्ठित मात्र गर्छ। आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad