नेकपा एमालेका सचिव योगश भट्टईले अब खरानीबाट उठेर देशको पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत १० बुँदामा उनले अहिले मुलुक इतिहासकै गम्भीर संकटमा पुगेको भन्दै संविधानको सर्वोच्चताबाट दायाँबायाँ नभइ अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ। देश र समाज भयानक अस्थिरतामा छ। हामी सबै तनावमा छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाउँमा पुर्याउँदैन।’
उनले मुलुकमा विकसित घटनालाई राम्रोसित बिश्लेषण गर्न र आफूहरूबाट भएका कमजोरीको समिक्षा गर्दै ग़ल्तीप्रति आत्मालोचित गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्:
प्रिय कमरेडहरू
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौँ। देश र समाज भयानक अस्थिरतामा छ। हामीसबै तनाबमा छौँ। यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाउँमा पुर्याउँदैन।
तसर्थ:
१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौँ हामीबाट भएका कमजोरीको समिक्षा गरौँ। ग़ल्तीप्रति आत्मालोचित होऔँ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ। यो काम होशियारी पूर्वक गरौँ। जसले हाम्रो पार्टी एकता कायम गरोस्।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔँ।
५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यस अनुसार निर्णय गरौँ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔँ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ। नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौँ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔँ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ। बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ। यही आधारमा अंतर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ।
१०. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथितिअन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ।
नेपाल बचाऔँ
नेपालीत्व जोगाऔँ!

Shares

प्रतिक्रिया