राजनीति


अर्थमन्त्री पौडेलमाथि आक्रमण भएको छैन: सचिवालय

अर्थमन्त्री पौडेलमाथि आक्रमण भएको छैन: सचिवालय

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार १२:२७, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै ‘भाइरल’ बनाइएको भिडिओमा देखिएका व्यक्ति अर्थमन्त्री नरहेको उनको सचिवालयले जनाएको छ। 

अर्थमन्त्रीको सचिवालयले उक्त भिडिओमा देखिएको व्यक्ति अर्थमन्त्री नभएको र उनीमाथि कुनै पनि आक्रमण नभएको स्पष्ट पारेको छ।

‘भाइरल बनाइएको जुन भिडिओ छ, त्यसमा देखिएको मान्छे अर्थमन्त्री होइन,’ पौडेलको सचिवालयले नेपालखबरसँग भन्यो, ‘उहाँमाथि कुनै आक्रमण भएको होइन। उहाँ सुरक्षित हुनुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad