राजनीति


राति नै भागेका थिए टोपबहादुर रायमाझीसहित ३ हजार कैदी

राति नै भागेका थिए टोपबहादुर रायमाझीसहित ३ हजार कैदी

नेपालखबर
भदौ २५, २०८२ बुधबार १५:१, काठमाडौँ

सुनधारास्थित कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ। 

उनीहरू गए राति नै भागेका हुन्।  भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन्।  रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन्।  

नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुनधारा कारागारमा पनि कैदीले प्रदर्शन थालेका थिए। 

राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन्।  

अहिले भद्रबन्दी गृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन्। उनीहरू पनि आफैँ बसेका हुन् प्रहरीले रोकेको हैन। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad