राजनीति


सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द

नेपालखबर
भदौ २९, २०८२ आइतबार १६:१०, काठमाडौँ

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ। जेनजीको आन्दोलनको दोस्रो दिन (भदौ २४)मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रारले विमल पौडेलले सूचना जारी गरेका हुन्। 

'आगजनी, तोडफोड एवम् लुटपाटको कारण सेवा प्रवाहका पूर्वाधार तथा सूचना प्रविधि प्रणालीमा भएको गम्भीर क्षतिसमेतको कारण हाललाई बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह गर्न नसकिने अवस्था सृजना भएको हुँदा...,' सूचना भनिएको छ,'...सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत आज बसेको पूर्ण बैठकको जानकारीअनुसार अनुरोध छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad