मधेसी आयोगका सदस्य विजयकुमार गुप्ताले राजीनामा दिएका छन्। आइतबार (भदौ २९)देखि लागु हुने गरी उनले पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (भदौ ३०) उनको राजीनामा स्वीकृत गरेका छन् ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष मधेसी आयोगका माननीय सदस्य श्री विजयकुमार गुप्ताज्यूले मधेसी आयोग ऐन, २०७४ को दफा (४) को खण्ड (क) बमोजिम मिति २०६२/०५/२९ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिनुभएको लिखित राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

3
Shares

प्रतिक्रिया