राजनीति


बालुवाटारमा ३ मन्त्रीसहितको छलफलमा प्रधानमन्त्री

बालुवाटारमा ३ मन्त्रीसहितको छलफलमा प्रधानमन्त्री

नेपालखबर
असोज १, २०८२ बुधबार १४:३४, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित मन्त्रीहरू अहिले छलफल गरिरहेका छन्। प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङबीच सरकारको कामकारबाही केन्द्रित छलफल भइरहेको बताइएको छ। छलफलमा मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी छन्।  

छलफलमा भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ध्वस्त सरकारी संरचना पुनर्निर्माण गर्नेबारे पनि कुरा भइरहेको बुझिएको छ। योबाहेक सरकारको आगामी रणनीति, मन्त्रिपरिषद् विस्तारलगायतका बारेमा छलफल भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad