भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको संविधान दिवसको शुभकामना दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत नेपालको संविधान दिवसलाई राष्ट्रिय दिवस भन्दै नेपाल सरकार र जनतालाई शुभकामना भनेका हुन्।
उनले यो अवसरमा दुई देशको साझेदारी अझ बलियो बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
'राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकार र जनतालाई शुभकामना। हाम्रो बहुआयामिक साझेदारीलाई अझै मजबुत बनाउन प्रतिबद्ध छौँ' उनले भनेका छन्।
त्यस्तै बिहीबारमात्रै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोन कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संविधान दिवसको शुभकामना दिएका थिए।
Best wishes to the Government and people of Nepal on their National Day.
🇮🇳 🇳🇵 pic.twitter.com/8i0qbh0cYN— Dr. S. Jaishankar (@DrSJaishankar) September 19, 2025
Shares

प्रतिक्रिया