राजनीति


दुग्ध र उखु किसानका समस्या समाधान गर्छुः कृषिमन्त्री परियार

दुग्ध र उखु किसानका समस्या समाधान गर्छुः कृषिमन्त्री परियार

नेपालखबर
असोज ६, २०८२ सोमबार १८:७, काठमाडौँ

कृषि तथा पशुपन्क्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन्।

शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए।

उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ। 

मन्त्री परियारले भने, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ। त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ। त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ। अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो। मैले कृषि मन्त्रालयका सचिवज्यूहरूसँग पनि सल्लाह गरेर मन्त्रालयको कार्यभार कसरी पूरा गर्ने भन्नेकुरामा धयान जान्छ। किसानका समस्याहरु समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ।’ 

मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad