राजनीति


सीटीईभीटीलाई शिक्षामन्त्री पुनका चार बुँदे निर्देशन

सीटीईभीटीलाई शिक्षामन्त्री पुनका चार बुँदे निर्देशन

नेपालखबर
असोज ९, २०८२ बिहिबार २१:५६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सीटीईभीटीका अध्यक्ष महावीर पुनले विद्यार्थीको गुनासो सुन्ने शाखा स्थापना गर्न निर्देशन दिएका छन्।

बिहीबार बैठक राखी उनले चार बुँदामा निर्देशन दिएका छन्। 

मन्त्री पुनले सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण, सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने निर्देशन दिएका हुन्। 

त्यस्तै २०६९ सालदेखि अहिलेसम्म सीटीईभीटीबाट प्राविधिक शिक्षालय सञ्चालन गर्न सम्बन्धनका लागि प्राप्त भएका आवेदनहरु छानबिन गर्न उनले भनेका छन्। 

छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिनेरनदिने निर्णय गर्न उनले सीटीईभीटीलाई ताकेता गरेका हुन्।

शिक्षामन्त्री नियुक्त भएपछि यसअघि उनले ३ बुँदे निर्देशन दिएका थिए । सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको झाडी फडानी गरी बगैंचा बनाउनुपर्ने निर्देशनमा उल्लेख थियो ।

यस्ता छन् मन्त्री पुनका निर्देशन
मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्ने।

एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल ३ महिना भित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने।

सीसीटीभी कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासो को अभिलेखिकरणर सम्वोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने।

२०६९ साल देखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरु छानविन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad