राजनीति


‘भदौ २३ को दमन र २४ को विध्वंस छानबिन नभए नेपालको अन्तर्राष्ट्रिय छवि फर्कंदैन’

‘भदौ २३ को दमन र २४ को विध्वंस छानबिन नभए नेपालको अन्तर्राष्ट्रिय छवि फर्कंदैन’

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १६:३१, काठमाडौँ

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २४ को विध्वंसपछि नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल भएको बताएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा दीक्षितले भदौ २३ र २४ गते जस्तो ठूलो विनाश र विध्वंस नेपालको इतिहासमा कहिल्यै नभएको बताए।

उनले भने, ‘यो आन्दोलनपछि नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल भएको छ। नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुँदा नेताहरूले राम्रोसँग काम गर्न सकेका थिएनन्। अब त झनै त्यो बढ्ने अवस्था छ। हामी यहाँबाट उठ्न नसक्ने अवस्था छौँ।’

उनले भदौ २३ गते गोली चलाउन आदेश दिने र २४ गतेको विध्वंस छानबिन हुनैपर्नेमा जोड दिए। अन्यथा नेपालको गुमेको छवि फर्कन गाह्रो हुने उनको भनाई छ।

‘भदौ २३ गतेको गोलीकाण्ड र २४ गतेको विध्वंशको छानबिन हुनुपर्छ । गोली चलाउन आदेश दिनेलाई छानबिन हुनुपर्छ’ उनले भने, ‘विध्वंशमा संलग्नलाई कारबाही हुन सकेमा नेपालको अन्तर्राष्ट्रिय छवि सुध्रिन्छ।’

जेनजीका नाममा नेपालमा पहिले लुटेर सार्वजनिक र निजी संरचनामा आगो लगाइएको उनले बताए।

उनले आउने दिनमा हेर्दा अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको छवि बदनाम भएको दोहोर्‍याए।

उनले जेनजीका नाममा सरकार ढाल्ने र राज्य व्यवस्था ढाल्ने दुवै कोसिस भयो। सरकार पल्टिँदा नेपालको राज्य व्यवस्था केही ढलेको उनले बताए ।

‘लिच्छवी, मल्ल, शाह र राणाकालमा पनि नेपालमा यो किसिमको विध्वंश भएको थिएन’, उनले भने, ‘नेपालले विश्वलाई नै क्लाइमेट क्राइसिसमा नेतृ्त्व गर्नुपर्छ भनिरहेका थियौँ। तर हामी आफैं अब गम्भीर संकटमा परेका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad