नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपिन जोशीलाई जीवितै फर्काउन नसक्नु पीडाको विषय भएको बताएका छन्।
विपिनको शव डीएनए परीक्षणमार्फत उनकै भएको थाहा भएपछि त्यसप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
‘विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो,’ प्रचण्डले फेसबुकमा लखेका छन्।
आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आफूले बोध गरेको भन्दै उनले पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन समेत आग्रह गरेका छन्।
विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो।
यस दुःखद् घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।
Shares

प्रतिक्रिया