नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले गृहमन्त्री ओमप्रकाश अर्यालका क्रियाकलाप हिंसा भड्काउन उद्धत रहेको भन्दै बर्खास्त गर्न माग गरेका छन्।
‘हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालमा भने छन्, भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने माग गरे छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘लुटेका हतियार, गोलीगठ्ठा र प्रहरीको पोसाक ओमप्रकाश अर्यालले संचालन गर्ने गिरोहसंग छन्। भागेका कैदीबन्दी उनको सम्पर्कमा भएको तथ्य छोप्न दलहरुलाई स्वघोषण गर्ने फतुर जारी गरेछन्। उनको यो अभिव्यक्ति खेदजनक छ।’
उनले अगाडि भनेका छन्, ‘उनका निरन्तरका अभिव्यक्ति र क्रियाकलापहरू मुलुकमा हिंसा भड्काउने दिशामा उद्धत छन्। शान्ति सुरक्षा कायम गर्न र फागुन २१ मा चुनाव गराउने कार्यादेशमा जाने हो भने सुशीला श्रीमानकाे सरकारले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ वा निजको मगजको राम्रो उपचार गर्नुपर्ने देखियो।’
Shares

प्रतिक्रिया