नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दैछन्। आज अपराह्न ४:३० बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। नेता गुरुराज घिमिरेका अनुसार अनामनगरस्थित नबिल बैंक रहेको भवनको आठौँ तलामा पत्रकार सम्मेलन हुनेछ।
विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउन खोजे खड्काले समय नदिएपछि बुझाउन पाएका छैनन्।
उनीहरूले केन्द्रीय समिति बैठक बसेकै दिन केन्द्रीय कार्यालय घेराउ गर्ने तयारी पनि गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय समिति बैठक बैठक छ।
असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। फागुन २१को प्रतिनिधि सभा निर्वाचनअघि कांग्रेसको नियमित महाधिवेशन गर्ने, नगर्ने वा विशेष महाधिवेशन के गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन।
महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला विशेष महाधिवेशनको पक्षमा छन्।
Shares

प्रतिक्रिया