नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। नेसनल भोलेन्टियर फोर्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको सरकरा असंवैधानिक बाटोबाट बनेको भन्न नपाइने रे भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन्।
'संविधानसम्मत तपाईं प्रधानमन्त्री बन्नु भएको हैन। असंवैधानिक बाटोबाटै बन्नु भएको हो। प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्छ। जेनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ,' उनले भने, 'लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ। यसो भन्न पाइँदैन रे? लोकतन्त्र भन्न पाइँदैन रे तपाईं त राणा शासन भन्दा कडा निस्किनु भयो त बा! मोहन शमशेरले पनि लोकतन्त्रका लागि सम्झौता गरेका थिए। संविधान मास्न दिँदैन। लोकतन्त्र फर्काइन्छ।'
300
Shares

प्रतिक्रिया