सरकारले नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई विशेष बढुवा गर्दै उपरथी बनाउने निर्णय गरेको हो। भण्डारी सैनिक अभिलेखालयमा कार्यरत छन्।
एक महिनापछि अनिवार्य अवकास हुन लागेका भण्डारीलाई सैनिक नियमावलीमा भएकाे व्यवस्था अनुसार बढुवा गर्ने निर्णय भएकाे हाे।
त्यस्तै एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ।
12.2k
Shares

प्रतिक्रिया