राजनीति


युद्धका दिन सम्झँदै अध्यक्ष दाहालले भनेः एक क्वीन्टलको बम खसालेपनि क्षति नहुने अन्डरग्राउन्ड बनाएका थियौँ

युद्धका दिन सम्झँदै अध्यक्ष दाहालले भनेः एक क्वीन्टलको बम खसालेपनि क्षति नहुने अन्डरग्राउन्ड बनाएका थियौँ

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १४:५१, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे। आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको उनले स्पष्ट पारे। 

उनले भने, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो। दमन भएको थियो। यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यि सबै विषयमा हामी आफूलाई यिनै उपलब्धीहरुको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ। त्यो प्रेरणा हामीले लिइरहनुपर्छ।’

अध्यक्ष दाहालले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताए। युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहेका स्मरण गर्दै उनले जाजरकोटमा आफूहरू लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अन्डरग्राउन्ड हल बनाएर बसेको बताए।

उनले भने, ‘त्यो क्रममा धेरै साथीहरुले ज्यान गुमाउनु भयो। राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिएपनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो  हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ। उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा। त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अन्डरग्राउन्ड हल बनाएका थियौँ।’

अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad