नियमित महाधिवेशनको प्रक्रिया सुरु भएपछि विशेषको औचित्य हुँदैन: प्रकाशशरण महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरु भएसँगै विशेष महाधिवेशनको औचित्य नहुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई केन्द्रीय कार्यसमितिको निर्णय सुनाउनेक्रममा महतले नियमित महाधिवेशन प्रक्रियामा गएसँगै विशेष महाधिवेशनको औचित्य नहुने बताएका हुन्।
'पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन। मूल कुरो अधिवेशन समयमा हुनुपर्यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि। महाधिवेशनको कार्यतालिका आइसकेको छ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन,’ उनले भने, 'विशेग त स्वत: निष्क्रिय हुन्छ। विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ। अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन।’
विशेष महाधिवेशन पक्षधरले असोज २९ गते झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
आजको केन्द्रीय समितिले पुस २६-२८ को महाधिवेशन तालिका नै निर्णय गरिसकेको छ।
Shares

प्रतिक्रिया