राजनीति


यी हुन् निर्विरोध निर्वाचित हुने एमालेका ११ केन्द्रीय सदस्य

यी हुन् निर्विरोध निर्वाचित हुने एमालेका ११ केन्द्रीय सदस्य

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८२ मंगलबार ७:४५, काठमाडौँ

एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरि अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भएका छन्। 

एमाले महाधिवेशन निर्वाचन समितिकाअनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।

जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल छन्। एमालेको विधानमा प्रदेशबाट महिला केन्द्रीय सदस्य ३ जना निर्वाचित हुने प्रावधान छ। लुम्बिीबाट ३ जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मधेशी कलस्टरतर्फ २ जना युवा निर्वाचित हुने भए पनि एक जनाको मात्रै उम्मेदवारी परेको हो। 

समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्वाचित भएकी छन् भने  समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरि पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

एमाले अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा.राजेन्द्र घिमिरे  निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad