प्रतिनिधि सभा चुनावका लागि समानुपातिकतर्फको सूची बुझाउने आज अन्तिम दिन हो। दललाई कलस्टर अनुसारको सूची बनाएर बुझाउन भ्याइनभ्याइ छ।
विशेषगरि ४ ठूला दलले अझैसम्म समानुपातिक सूचीमा राख्ने नामको टुंगो लगाइसकेका छैनन्।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपा सूचीलाई अन्तिमरुप दिन केन्द्रीय समितिको बैठकमा छलफल गरिरहेका छन्। त्यस्तै नेकपा एमालेले सचिवालय बैठकमा नामबारे छलफल गरेको भए पनि अन्तिम निर्णय लिने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।
ठूला दल सूची मिलाउनै व्यवस्त हुँदा साना दल भने निर्वाचन आयोगमै पुुगेर सूची मिलाइ रहेका छन्। साना दलहरुमध्ये ५ दलले सूची बुझाइसकेका छन्।
अन्य दलले भने कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेरै सूची मिलाइरहेका हुन्।
हेर्नुहोस् निर्वाचन आयोगको माहोलः











Shares

प्रतिक्रिया