आम जनता पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेकी छन्।
समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उनका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरेकी हुन्।
उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरिन्। रासस
198
Shares

प्रतिक्रिया