राजनीति


प्रचण्डले अस्पतालमै पुगेर दिए ओलीका बुवाप्रति श्रद्धाञ्जली

प्रचण्डले अस्पतालमै पुगेर दिए ओलीका बुवाप्रति श्रद्धाञ्जली

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १२:३७, काठमाडौँ

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीप्रति अस्पतालमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमै पुगेर प्रचण्डले मोहप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका प्रचण्डको सचिवालयले जनाएको छ। 

मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो। 

त्यसक्रममा एमाले अध्यक्ष ओलीसँग पनि प्रचण्डको भेट भएको नेकपाका नेता गोविन्द आचार्यले जानकारी दिए। ‘त्यहाँ श्रद्धाञ्जली दिनेबाहेक खासै केही कुरा भएन,’ आचार्यले नेपालबरसँग भने। 

चुनावपछि ओली र प्रचण्डबीच आज पहिलोपटक भेट भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad