राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
यही चैत १२ गते दिनको ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गरिने प्रवक्ता झाले बताए।
नवनिर्वाचित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।
१२ गते नै संसद सदस्यहरूले शपथ लिनेछन् भने १३ गते शाह प्रधानमन्त्रीमा नियुक्त हुने कार्यक्रम छ।
510
Shares

प्रतिक्रिया